दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा

असोज २१ पोखरा ।

विजयादशमीको टीकाको शुभ साइत बिहान १० बजेर २५ मिनेटमा रहेकाे पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसैबीच अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा स्थानीय समयअनुसार कति बजे विजया दशमीको टीका लगाउने भनेर समय निकालेकाे छ ।

घ’टस्थापनाको दिनदेखि टीका सम्मको अवधिलाई नौरथा पनि भन्ने गरिन्छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दशैंका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते मंगलवार विजयादशमीका दिन बिहान ८ : ४५ बजे देवी विसर्जन गरेपछि १० : ३५ को शुभ साइतमा मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।