एनआरएनए अध्यक्षमा कुमार पन्त निर्वाचित

२०७६, १ कार्तिक शुक्रवार

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । घोषण भने हुन बाँकी रहेको छ। बिहीबार भएको निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो । निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन् ।

मतगणना सुरु भएदेखि नै उनले अग्रता राख्दै आएका थिए । निर्वाचन समितिले औपचारिक रुपमा घोषणा गर्न बाँकी छ ।
शुक्रबार बिहानै मत परिणामा आइसक्ने बताइए पनि मतगणनाको क्रममा गए राति फेरि लफडा हुँदा मतगणना केही बेर प्रभावित बन्न पुगेको थियो।