खाना पकाउन विजुलीको प्रयोग गर्न सभापति कोइरालाको आग्रह

कार्तिक ३ पोखरा ।

गण्डकी प्रदेशका सांसद तथा अर्थ तथा विकास समितिका सभापति दीपक कोइरा (रुपक)ले खाना पकाउन एलपी ग्याँसको प्रयोग भन्दा विजुली चुलोको प्रयोग गर्न आग्रह गर्नु भएको छ ।
एलपी ग्याँस भन्दा विजुलीको प्रयोग सस्तो पर्ने र एलपी ग्याँस खरिदमा ठुलो रकम बाहिर जाने हुदा विजुलीको प्रयोग गरे ब्यापार घाटापनि कम हुने बताउनु भयो । शनिबार पोखरा महानगरपालिका वडान २७ अर्चलेमा रहेको उन्नतशिल महिला समुहको १०औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनको उद्घाटन गर्दे सो कुरा बताउनु भएको हो । सभापति कोइरालाले १८ घण्टा लोडसेडिङ हुदा एलपी ग्याँसको प्रयोगको विकल्प नभए पनि अब भने लोडसेडिङ नरहेकोले खाना पकाउन पानी तताउन सवैकाममा विजुलीको प्रयोग गर्न सकिने हुदा विस्तारै ग्याँस विस्थापनै गर्नुपर्ने बताउनु भयो ।

पोखरा महानगरपालिकाका वडानं २७का वडाध्यक्ष पुर्णकुमार गुरुङले आफुहरु सवै संग समन्वय गर्दे े विकासको लागी क्रियाशिल रहेको बताउनु भयो । जाइकाले शुरु गरेको पोखराको खानेपानीको योजनाले लेखनाथलाई पनि समेटनु पर्ने गुरुङले माग समेत गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट्र पार्टी नेकपाका वडानं २७का अध्यक्ष सुर्यमणि लामिछानेले वडानं २७मा नेकपा प्रतिपक्ष भएपनि महानगर प्रदेश र केन्द्रमा आफुहरुको सरकार भएकोले विकासको लागि आफुहरुको पहलले वडानं २७को विकासले गतिलिएको बताउनु भयो । जनप्रतिनिधि सरस्वती नेपाली (सरु)ले महिला, दलित र गरिवको लागि प्रदेश सरकारबाट पनि कार्यक्रमहरु आबश्यक रहेको बताउनु भयो ।

समुहका सल्लाहकार एवं नेकपाका नेता गोविन्द वाग्लेले महिला समुहहरुको लागि वडाबाट विकासमा भेदभाव हुन नहुने बताउनु भयो । कार्यक्रममा ज्येष्ठ सदस्य बाटुली भुजेल ,सस्थापक सदस्य सीता लामिछाने,निवर्तमान अध्यक्ष रमा धमला क्षेत्रीलाई दोसल्ला, प्रमाण पत्रले सम्मान गरिएको थियो । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि सभापति कोइराला , वडा अध्यक्ष गुरुङ र समुहका अध्यक्ष कमला अधिकारीले सम्मान गर्नुभएको हो । कार्यक्रम समुहका अध्यक्ष कमला अधिकारीको अध्यक्षता र सचिव सुस्मिता खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।