महिलाहरूको लागि क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक ६ पोखरा ।

महिला तथा बालबालिका ,शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आइरहेको सिद्धार्थ क्लब पोखराले महिलाहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रम सप्पन्न गरेको छ ।

कार्यक्रममा क्लबका अध्यक्ष पार्वती माकाजुले क्लब्ले बिगत का दिन देखि वर्तमान सम्म आइरहदा महिला सशक्तीकरणका पाटोमा काम गरिरहेको र आगामी दिनमा पनि अझ सशक्त भएर तेस्ता ल्याउने कुरामा जोड दिइन् । अध्यक्ष माकाजुले यस्ता कार्यक्रमले महिलाको क्षमता बिकाश्मा केही परिवर्तन ल्याउने बिश्वास ब्यक्त गरिन ।

कार्यक्रम सहज कर्ता संचारकर्मी कन्चन थापाले सिद्धार्थ क्लबले गरेको सामाजिक कार्यक्रमको प्रशंसा गर्दै महिलाहरु सकारात्मक रुपान्तरणका लागि सामाजिक कार्यक्रममा सक्रिय रुपमा लागुपर्ने कुरा बताइन । थापाले महिलाहरुको आय आर्जनका स्रोत उद्घोषण तथा भासण कला र महिला सशक्तीकरण का क्षेत्रमा रहेर सहजीकरण गरेकी थिइन ।

स्मरण रहोस तीन द्शक भन्दा लामो ईतिहास बोकेको क्लबको इतिहासमा महिलाले नेतृत्व पाएको भने दोस्रो हो । सोर्हौ अध्यक्षको रुपना निरा श्रेष्ठले नेतृत्व गरेकी थिइन ।

क्लबका अध्यक्ष पार्वती माकाजुको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य क्लबका प्रथम उपाध्यक्ष तिर्थ श्रेष्ठले गरेकी थिइन भने कार्यक्रम संचालन क्लबका सचिब इन्दिरा मर्सानी श्रेष्ठले गरेकी थिइन ।

विभिन्न आमा तथा महिला समूह का ४५ जना महिला दिदिबहिनिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीको तर्फबाट साल्भी बास्तोला र गोमा सुवेदीले बोलेका थिए ।