कास्की २ मा विद्या भट्टराई अधिकारिको उम्मेदवारी दर्ता

कार्तिक २ पोखरा ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ताको समय सकिएकोे छ । बिहीबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको थियो ।

आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि नेकपाको तर्फबाट विद्या भट्टराईले उम्मेद्धारको मनोनयन दर्ता गराएकि हुन । मनोनयन दर्ता गर्न बाजागाजासहित ¥याली निकालेर जिल्ला निर्वाचनको कार्यालय पुगेका थिए । भट्टराइको प्रस्तावक कृष्णबहादुर थापा रहेका थिए । उनले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको जन्मघरबाट चुनावी अभियान शुरु गरेकि थिइन ।

तत्कालीन पर्यटनमन्त्री अधिकारीको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्यको पदका लागि कास्की क्षेत्र नं २ मा उपनिर्वाचन हुन लागेको हो । कूल ७१ हजार ८७१ मतदाता रहेको सो क्षेत्रमा ३२ मतदानस्थल र ८२ मतदान केन्द्र रहेको छ ।