कबिता: आधा बाटो पुरा होस।

कार्तिक २९ पोखरा ।

फेरि पुग्नुछ त्यहिँ
नियतीको पैर्हो ले भत्किएर बाटो
पुग्न नसकेको एउटा योद्धाको गन्तब्य।

नसोध्नु उनिलाई
कति लामो छ दुरी
समय को मापदण्ड भित्र ?

रबिन्द्र सङ्गै हिडेका अधुरा
पाइलाका ढोभ हरू
अझै आलैछन
थोरै पछाडि तिर
बिद्याका पाईलाहरू
आधा बाटो हिडेका
छन राजनितिक धरातलमा
केबल पुरा गर्नु छ
तपाई र मेरो बुढी औला को बलले।

एउटा बिर मान्छे हराएको ठाउ
कति सपना का घरहरू
भत्किएको ठाऊ
भाग्यको छाल मा
उसकी प्रियसी मात्र बगिन
हरेक आँखाका आसुहरू
मनका कल्पनाहरू एकै साथ
बगेका थिए।

आशुले आखा धुन सजिलो त छ
तर मन धुने पानी कहा होला र?
उ हराए दैखि अहिले सम्म
रात को त्यत्रो प्रहर र
दिनको घाम क्षितीज
नपुगन्जेल मुटुका पत्रहरूमा
कति थपियो होला सम्झना
ऊकालीमा चौरी को लश्कर जस्तै छ याद
नसोध्नु उनिलाई
कति भयानक थियो समय।

बरु सोध्नु
कहा छुटेको थियो साथ?
के थियो सङकल्प
र कति फराकिलो छ
उद्देश्य को आकाश?

नभन कसैले उनिलाई
बटुलेर साहनुभती
झोला भरेकी छ
सुहाउँदैन रातो बस्त्र
मा फूलमाला र अबिर दलेकी छ।

यो रबिन्द्र को सपना थियो
आम मान्छे को साझा सपना
राष्ट्रिय उन्नती को ठूलो सपना
देश बाच्ने मिठो सपना।

मै र तपाईले
बनाउनु पर्दछ एऊटा शहिदको
अग्लो अति अग्लो
पहाडजस्तो नाम
उन्मुक्ति को लागी
भदौंको जस्तो घाम

समानता को लागी
मन मनमा ठूलाठूला मैदान।

अब एक पटक
अन्तिम पटक
रबिन्द्र आऊन दिऊँ
आधी बाटो पुरा होस
राष्ट्र निर्माण को लागी
ऊसैको अनुहार सम्झेर
अब एक पटक मसी चोपेर औला
उसैलाई दान दिऊ ।।


लेखक ध्रुव थापा पोखरा कास्कि
हाल अ्मेरिका