कास्की -२ को निर्वाचन सम्पन्न, ६१.२४% प्रतिशत मत खस्यो

१४ मंसिर पोखरा ।
कास्की क्षेत्र नम्बर २ को मतदान सकिएको छ । मतदानमा ६१.२४ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा जम्मा ७१ हजार ८ सय ७१ मतदाता रहेकोमा ४४ हजार २० मत खसेको छ ।

उपनिर्वाचन कार्यक्रम अन्तर्गत कास्की -२ मा प्रतिनिधी सभा सदस्यका लागि निर्वाचन भएको हो । अहिले बेलुका ५ बजेदेखि ७ बजे सम्म मतपेटिका संकलन, ७ बजे सर्वदलिय बैठक तथा बैठक सकिए लगत्तै मतगणना हुने निर्वाचन कार्यलय कास्कीले जनाएको छ ।