१३ औं साग ः व्याडमिण्टनमा भारतलाई ४ स्वर्ण

पोखरा, २० मंसिर

पोखरा, मंसिर २० गते । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा भएका व्याडमिण्टन प्रतियोगितामा भारतले ४ वटा स्वर्ण पदक जितेको छ । पोखरा रगंशालाको व्याडमिन्टन कोर्टमा शुक्रबार सम्पन्न फाइनल खेलमा भारतले पदक तालिकामा चार स्वर्ण पदक जोडेको हो ।

मिक्स डवल्समा ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीले श्रीलंकाको सचिन प्रेमसन एगोडा मिगानाला र थिलिमि मरमोदीका हेन्देहेभाको जोडीलाई २१–१६, २१–१६ को सेटमा पराजिद गदै स्वर्ण पदक जिते । प्रतियोगिताको महिला एकल तर्फ भारतकी अस्मिता चलिहाले भारतकै गायत्री गोपीचन्दलाई २१–१८, २५–२३ को सोझो सेटमा पाखा लगाउदै स्वर्ण पदक जितिन ।

पुरुष एकल तर्फ सिरिल बर्माले भातरकै आरेमान टण्डनलाई १७–२१, २३–२१ र २१–१३ को सेटमा पराजित गरे । महिला डबल्समा श्रीलंकाकी थिलिनि प्रमोदिका हेन्देहेभा र कविन्डी श्रीमांगेको जोडीले श्रीलंकाकै अचिनि निमेसीका रत्नासिरी कपुरु र उपुली समान्तिकाको जोडीलाई २१–१० र २१–७ को सोझो सेटमा पराजित गरे ।

पुरुष डबल्सतर्फ भारतका कृष्णप्रसाद गरगा र ध्रुव कपिलाको जोडीले श्रीलंकाका सचिन प्रमेशन र बुवानेका थरिन्डुको जोडीलाई २१–१९, १९–२१ र २१–१८ को सेटमा पराजित गरे ।

प्रतियोगितामा यसअघी नेपालले ब्याडमिन्टनतर्फ ५ वटा काश्यपदक जितेको थियो ।