प्रदेश अन्तरको अन्तरक्रिया पोखरामा ,कानुन निर्माण गर्दा तीन तहबीच समन्वय जरुरी’ राष्ट्रिय सभा अध्यक्ष

मंसिर २०, २०७६,पोखरा ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन निर्माण गर्दा परम्परागत सोचबाट माथि उठ्नुपर्ने बताएका छन ।

पोखरामा आयोजित अन्तर–प्रदेश सभा अनुभव आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम बोल्दै अध्यक्ष तिमिल्सिनाले संघ, प्रदेश र स्थानीय तहले नयाँ संविधानको मर्मअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए ।

संघीयता नेपालका लागि नयाँ भएकाले अभ्यासमा केही चुनौती भएपनि तीन तहको अन्तर समन्वयबाट अगाडि बढे देशको समृद्धिको लक्ष्य हासिल हुने धारणा राख्दै
अध्यक्ष तिमिल्सिनाले तीन तहको अधिकार सूची संविधानले तोकिदिएको बताउँदै अहिले देखिएका समस्या जनप्रतिनिधि तथा कर्मचारीको व्यक्तिगत स्वभाव र मानसिकताका कारण सृजना भएको बताए । अध्यक्ष तिमिल्सिनाले आफ्नो तहलाई सबल बनाउन र अधिकार बढी प्राप्त गर्न खोज्नु स्वभाविक भएपनि जनप्रतिनिधिले देशको हित र विधि स्थापनाका लागि काम गर्नुपर्ने
‘जनप्रतिनिधि भनेको तोकिएको अवधिसम्म सो जिम्बेवारीमा रहने र संविधान, कानुन वा विधि भनेको सधैका लागि भएकोले संविधानले अंगिकार गरेको परिवर्तनलाई आत्मसाथ गर्दै सरोकारवालासँग छलफल गरेर कानुन निर्माण गर्नु पर्ने कुरा बताए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले तीन तहलाई सक्रिय बनाउन नसकेसम्म संघीयताको कार्यन्यन जटिल हुने बताए । प्रदेश प्रमुख शेरचनले देश नयाँ संरचनाको अभ्यासमा भएकाले कानुन निर्माणदेखि सरकार सञ्चालनमा तीन तहबीच आपासी छलफल र समझदारी आवश्यक पर्ने धारणा राखेका थिए ।

त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले तीन तहबीच कानुन निर्माणमा समन्वय हुन जरुरी रहेको बताए उनले संघीयताको कार्यन्वयन प्रदेशलाई बलियो नबनाएसम्म सम्भव नभएको बताउँदै सातै प्रदेश सरकार, संसद र अन्य निकायले सहकार्य, सहअस्तित्व र समन्वय गरी काम गर्नुपर्ने धारणा राखे

त्यसैगरी उक्त कार्यक्रममा संविधान सभा अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङले सभा सञ्चालनको अवसर, चुनौती र अनुभव बारे धारणा राखेका थिए ।

तीन दिनसम्म चल्ने कार्यक्रममा संघीय संसदको तर्फबाट राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना, उपाध्यक्ष दहाल, सात प्रदेशका सभामुख ,उपसभामुख, कर्मचारीलगायतको सहभागिता रहेको छ ।