पोखरामा विज्ञान प्रर्दशनी हुँदै, रोवर्ट देखी पृथ्वी घुमेको देख्न पाइने

माघ ८ पोखरा ।
पोखरामा सिमुलेसन साइन्स सेन्टरको आयोजनामा माघको तेस्रो सातादेखी विज्ञान प्रर्दशनी हुने भएको छ ।
बाल कक्षादेखी कक्षा १२ सम्मको पाढ्यक्रममा आधारित विज्ञान सिकाईमा विद्यार्थीहरुलाई सहजीकरण गर्दै आइरहेको संस्थाले पोखरामा माघको १५ गतेदेखी २९ गतेसम्म पोखरा सभागृह हलमा प्रर्दशनी गर्न लागेको हो ।

ललितपुरको भैसेपाटीमा अवस्थीत सेन्टरले काठमाण्डौं बाहिरका विद्यार्थीहरुको विज्ञान प्रतिको रुचीलाई बढाउने उद्देश्यले पोखरामा पहिलो पटक प्रर्दशनी गर्न लागिएको संस्थाका निर्देशक प्रकट विक्रम थापाले जानकारी दिए ।

उनले भने–‘पोखरामा १५ दिनसम्म चल्ने प्रर्दशनीमा विज्ञान तथा प्रविधीसम्बन्धी १० भन्दा बढी ‘डिर्पाटमेन्ट हुने छन, जहाँ विद्यार्थीहरुलाई इञ्जिनियरहरुको प्रत्यक्ष सहभागितामा त्यसको मेकानिजम तथा प्रत्यक्ष अवलोकन गर्न पाउने व्यवस्था मिलाएका छौं ।

प्रर्दशनीमा रोबटिक्स, भिआर शिक्षा प्रणाली, पाढ्यक्रममा आधारित भौतिक विज्ञान, जिब विज्ञान, तारामण्डल, विद्युतिय इञ्जिनियरिङ, स्टिम शिक्षा प्रणाली तथा कक्षागत पाठ्यक्रममा समावेश भएका विषयवस्तुको साथै अन्य मनोरञ्जान्तम सामाग्रीहरु समेत राखिने प्रर्दशनी संयोजक इराज श्रेष्ठले बताए ।
उनले भने–‘प्रर्दशनीमा पाठ्यक्रममा समावेश भएका विषयबस्तुहरु राखिने हुन्छन, यस अगाडी हुने गरेका प्रर्दशनी भन्दा निकै फरक पाउँने हुँदा सबैलाई एक पटक प्रर्दशनीमा सहभागी हुन आग्रह गर्दछु । ’

विज्ञान प्रयोगात्मक विषय भएपनि विद्यालयहरुमा प्रयाप्त उपकरणहरु नहुँदा विद्यार्थीहरुमा यसप्रतिको आर्कषण घटिरहेको अवस्थामा प्रर्दशनीले विद्यार्थीहरुमा आर्कषण बढ्नेमा आफूहरु ढुक्क रहेको दावी गरे ।

बिहान ९ बजेबाट साँझ ६ बजेसम्म जारी रहने प्रर्दशनीमा निजी, संस्थागत, सरकारी तथा सामुदायिक विद्यालयबाट गरि करिब एक लाख विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको संयोजक श्रेष्ठले बताए । धेरै भन्दा धेरै विद्यार्थीहरुको सहभागीताका लागि सम्बन्धीत विद्यालयहरुमा प्रत्यक्ष भेटेर तथा इमेलमार्फत पनि जानकारी गराइएको हुँदा विद्यार्थीहरुको सहभागिता बढी हुने अनुमान गरिएको संस्थाका निर्देशक थापाले बताए ।
प्रर्दशनीमा सहभागी हुन विद्यालयहरुले ०१–५५९०९४८, ९८५११८८६२ तथा ९८५६०६११५० मार्फत बुकिङ गर्न सक्ने संयोजक श्रेष्ठले जानकारी दिए ।