बिद्यार्थीहरुका लागि युवा उत्प्रेरणा प्रशिक्षण कार्यक्रम

२२/१०/२०७६ पोखरा ।
लायन्स क्लब अफ पोखरा डाएमण्ड भिलेजले बिद्यार्थीहरुका लागि युवा उत्प्रेरणा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा नदिपुर स्थित ज्ञानभुमि उच्च माबिका कक्षा ७,८र ९ का बिद्यार्थीलाई उक्त प्रशिक्षण दिएको हो । कार्यक्रमका प्रमुख अतिथी तथा ३२५ बि १ नेपालका डिस्ट्रिक गभर्नर इन्दु लम्सालले अहिलेका युवाहरु भनेका सुनौलो भविस्य बोकेका देशका कर्णधारहरु हुन र उनिहरुले भोलिक दिनमा जिवनलाइनलाई सत्मार्गमा लैजान र सकारात्मकको पाटोमा आफुलाइ उभ्याउनका लागि यस्तो खाले कार्यक्रमले ठूलो भुमिका खेल्ने कुरा बताइन ।

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष रबिन्सन प्रजुले आम ब्यक्तिहरुलाइ कुनै पनि अप्ठ्यारो परेको बेला वा देशमा आएको बिपत्तिमा पनि लयन्सले निकै ठुला ठुला सहयोग गरेको कुरा बताए ।
लायन्स क्लब अफ पोखरा डाएमण्ड भिलेजका अध्यक्ष दिलु तिवारीले आफ्नो छोराको सम्मानमा राखेको पढाउ अभियनको अक्षय कोषबाट आएको रकम उक्त स्कुलका जेहेन्दार बिद्यार्थीहरुलाइ दिने घोषणा गरिन ।

कार्यक्रममा युवाको वास्तविकता ,भुमिका र बिद्यार्थीहरु जिवनको महत्वपूर्ण पाटोको बारेमा प्रशिक्षक उपेन्द्र पौडेलले प्रशिक्षण दिएका थिए भने बिद्यार्थी जिवनमा डर र तनाव ब्यबस्थापन का साथै बोल्ने कलाको बारेमा प्रशिक्षण सन्चारकर्मी कन्चन थापाले दिएकी थिइन ।


उक्त कार्यक्रममा लायन्सका अग्रज ब्याक्तित्व लगाएत बिधालय ब्यबस्थापन समितिका अध्यक्ष ,सदस्य ,प्र अ, जनप्रतिनिधि हरुको उपस्थिति रहेको थियो । करिब ५० जना बिद्यार्थी हरु उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता सोही क्लबका अध्यक्ष दिलु तिवारीले गरेकी थिइन । कार्यक्रम संचालन क्लबका सचीव कबिता गुरुङले गरेकी थिइन ।