माछापुछ्रे भिलेजले सन्चालन गर्यो युवा तथा महिलाहरुकोलागि एक महिने वेल्डिंग तालिम

फागुन ५/२०७६/पोखरा

लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे भिलेजले महिला तथा युवा बर्गका लागि वेल्डिंग सम्बन्धि तालिम आज बाट सन्चालनमा ल्याएको छ ।

युवाहरूले भोलिका दिनमा सहज रुपमा रोजगार प्राप्त होस भन्ने उदेश्यले तालिम संचालन गरेको जानकारी क्लबका अध्यक्ष शोभाकान्त पौडेलले दिए ।

कार्यक्रमका प्रमुख अतिथी ३२५ बि १ का डिस्ट्रिक पि आर ओ. चिफ रामचन्द्र पोख्रेलले यस्तो तालिमले युवाहरुको जनशक्ति देशमानै संचय हुने कुरा बताए । चुरा र पोते बनाउने तालीममा मात्र सिमित राख्नी महिलाहरुका लागि यस्ता तालिमले भने आत्मबल बढ्ने कुरा बताए ।

कार्यक्रमका विशेष अतिथी क्लस्टर प्रमुख तथा क्लबका संस्थापक अध्यक्ष शिवराज आचार्यले तालिम निकै अर्थपूर्ण रहेकोले यस्लाइ आफुले राम्रोसँग ग्रहण गर्ने सके भोलिका दिनमा सहजै रोजगार पाउन सकिने कुरा बताए ।

ओम प्रकाश बरालको संयोजकत्वमा भएको उक्त कार्यक्रमा मुख्य प्रशिक्षक कैलश रन्जितले सहभागी एक महिना सम्म प्रशिक्षार्थिहरुलाई तालिम दिनुहुनेछ ।

कार्यक्रममा पोखरा डाएमण्ड भिलेजका अध्यक्ष दिलु तिवारी , शिवराज आचार्य , लक्ष्मी बराल तथा तिर्थराज आचार्य लगाएतले तालिममा सिकेका कुरा ब्यबहारमा उतार्न जोड दिएका थिए ।

क्लबका अध्यक्ष शोभाकान्ता पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत भासण राजेन्द्र गुरुङले गरेका थिए भने कार्यक्रम संचालन दिल्ली राम पराजुलीले गरेका थिए ।