होण्डा एक्स ब्लेड मोटरसाइकल अब पोखरामा

असोज २ पोखरा ।
होण्डा मोटरसाइकल तथा स्कुटरको लागि गण्डकी क्षेत्रको अधिकारिक बिक्रेता कुँवर ब्रदर्श एण्ड सन्स नयाँबजार पोखराले नयाँ होण्डा एक्स ब्लेड मोटरसाइकलको बिक्री सुरुवात गरिएको छ ।

सोमबार आयोजित गण्डकी प्रदेशका ट्राफिक प्रमुख एसपी वीरेन्द्र बस्याल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, सन्सका प्रवन्ध निर्देशक तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष चन्द्र कुँवरले मोटरसाइकल बिक्रीको सुरुवाती उदघाट्न गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्यालले मोटरसाइकलमा युवा पुस्ताको आकर्षण बढेको भएतापनि ट्राफिक नियमको पालना गरी सवारी चलाउन आग्रह गर्नुभयो । पत्रकार महासंघका अध्यक्ष श्रेष्ठले बिक्री सँगसँगै सेवामा पनि चासो दिन आग्रह गर्नुभयो ।

सन्सका प्रवन्ध निर्देशक कुँवरले मोटरसाइकलको बिक्रीमात्रै आफूहरुको लक्ष्य नभई बिक्री पछिको सेवालाई प्राथमिकतमा राखिएको उल्लेख गर्नुभयो । भारतीय बजारमा कही समय अगाडि लन्च भएको उक्त मोटरसाइलको नेपाली बजारमा पनि माग रहेको उल्लेख गर्नुभयो । १६० सिसी क्षमताको उक्त मोटरसाइलमा रोबो फेस एइडी हेड ल्याम्प प्रयोग गर्ने होण्डा एक्स ब्लेड पहिलो मोटरसाइल हो ।

नेपालको सडकहरुका लागि अति मोटरसाइकल उपयुक्त रहेको कम्पनीको दावी छ । बाइकलाई होण्डाले स्पोर्टी र मस्कुलर लुक दिएको कम्पनीले बताएको छ । यो बाइक नेपाली बजारमा विभिन्न ५ रङमा उपलब्ध छ । चाड पर्वको अवसरमा होण्डाका हरेक बाइक तथा स्कुटरमा विशेष छुटको व्यवस्था समेत रहेको छ भने बिक्री सुरुवात भएको पहिलो दिन नै ४ वटा बाइकको बिक्री र १५ वटा बुकिङ भएको कुँवरले जानकारी दिनुभयो ।