बलत्कार पछि हत्या गरिएकी कन्चनपुर की १३ बर्षिय बालिका निर्मला पन्त सङग सम्बन्धित मार्मिक कबिता


कविता ~ कसैले सुनेन मेरो चित्कार~

म चिच्याए
आवाज निस्किनजेल चिच्याए
रगत शरिरमा चलुन्जेल चिच्याए
तर मेरो कलिलो आवाजले
त्यो घरको भित्ता छेडेन
र त तिमीले सुनीनौ आमा मेरो चित्कार

ति शैतानहरू
बाघका जस्तै तिखा नङग्रा ले
ऊधार्दै थिए मेरो आङग छोपिएको
एकसरो लुगा
र निमोठ्दै थिए मेरा
बतिला छातीहरू।

म रोए धेरै रोए
मैले मागे
एक मुठी श्वास को लागी
अनगिन्ती शब्दहरूले दयाको भिख
आसु नरितिन्जेल बगाए आँखा ले
पिडाको नदि
झ्याल, भित्ता, छानो, ढोका
र गुम्सिएको हावा सङ्ग पनि
मागे जिबन सहायता
तर तिमी जस्तै
कोहि थिएन आमा
बा जस्तै कोही थिएन त्यहा
मलाई बचाउन सक्ने।

निर्बिल्प बन्यो मेरो समय
म अलापिएँ
एक्लै अलापिएँ
कसैले देख्न नसक्ने ठाउँमा
कसैले थाहा नपाउने ठाउँमा
मृत्यू को कालो छाया देखेर
बेस्सरी डराए।

लडे शरिरमा बल
रहे सम्म लडे
तर मेरा कलिला नाडीहरूले
कहा जित्न सकें र आमा
ति खुनी पन्जा हरूलाई,।

आकाशमा घाम हुदै गर्दा
मलाई रातले निल्यो
एऊटा कालो छाया ले
निर्वस्त्र पार्यो
अनि ओछ्याए तिनीहरूले
आफ्नो आसन मुनी

सहनै नसक्ने आकाश ओढेँ
मूल फूट्यो रगतको
आखाँ बन्द भए
आवाज बन्द भयो
बन्दभयो चेतना पनि
अझै
लगातार लुटीरहे
आमा
तिमीले
जोगाएको मेरो अस्मिता ,
म निरिह ,लम्पसार परे
जिबनका श्वास हरु गन्दै
मृत्यू तिर सर्दै गए

अहँ
ति पत्थरहरू गलेनन्
मेरो लागी
आकाश खसेन्
धर्ति पनि भत्किएन्
न हुरी चल्यो
न आधी
चुपचाप हेरिरहे
तिमीले सधै श्रद्धा गर्ने
भगवानले पनि ।

मैले सधै हिड्ने गोरेटो
मलाई छुने हावा
त्यो घाम जून, खेत
मेरो साईकल
मेरा किताबहरू र
सिङगो गाऊ
मेरो मृत्यूमा रमिते बने
शिवाय मेरी आमा ,बा परिवार
र मेरो घर।

कसैले सबुत खोजे भने
मेरो लाश रहस्य बन्यो भने
आमा ति भित्ताहरूमा
नियालेर हेर्नु है
शायद अझै पनि छन
मेरो बिभत्स मा रोएका
अनगिन्ती शोकाकुल चेहराहरू
जसले देखेकाछन छर्लङग
मेरो हृदयका बेदनाहरू ।

लेखक~ध्रुव थापा हाल अ्मेरिका ~